×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले पायो आईएसओ प्रमाणपत्र

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले पायो आईएसओ प्रमाणपत्र

Artha Sarokar

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले ISO 9001:2015 प्रमाणपत्र पाएको छ । यस कम्पनीले जिवन तथा निर्जिवन बिमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीको रजिष्टर्ड कार्यलय काठमाडौंमा भाद्र १० गते एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र United Registrar of Systems (URS Nepal) का नेपाल प्रमुख प्रकाश पौडेलले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका अध्यक्ष महेश कुमार अग्रवाललाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समिति तथा व्यवस्थापनको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा URS Nepal का प्रमुख प्रकाश पौडेलले ISO 9001:2015 प्रमाणपत्रको महत्व बारे प्रकाश पार्दै सो प्रमाणपत्रले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको संचालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापीय कुशलता तथा ग्राहक सेवाको गुणस्तरलाई सुनिश्चिता गर्ने र कम्पनीको व्यवसाय विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडका प्रबन्ध निर्देशक सुबर्ण पौडेलले आफ्नो मन्तव्य राख्दै संस्था स्थापनाको छोटो समयमै उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको र प्रमाणपत्र प्राप्तीका लागि कम्पनीको व्यवस्थापनको उच्च प्रशंसा गरेका थिए । साथै URS Nepal को व्यवस्थापनलाई समेत कृतज्ञता व्यक्त गरे ।

त्यस्तै, कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले ISO 9001:2015 प्रमाणपत्रले उच्च स्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी