×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘व्यवसायीहरुको जायज माग सुनुवाइ नभए मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या आउँछ’ : महासंघ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘व्यवसायीहरुको जायज माग सुनुवाइ नभए मुलुकको अर्थतन्त्रमा गम्भीर समस्या आउँछ’ : महासंघ

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायीहरुको जायज माग सुनुवाइ नभए मुलुकको अर्थतन्त्रमा नै गम्भीर समस्या आउने बताएको हो ।

महासंघले विज्ञप्तिमा भनिएको छ, ‘महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भइरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ । कूल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ ।’

त्यस्तै, व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्फ सरकार संवेदनशील हुनु जरुरी रहेको महासंघले बताएको छ ।

विकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिदा सरकारको पुँजीगत खर्च हुन नसक्नुका साथै जनताले समेत विकासको सुविधा पाउन नसकेको महासंघको भनाइ छ ।

‘निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा समेत गम्भीर असर परेको महासंघले जनाएको छ । यसका बाबजुद गत आर्थिक वर्षमा राजस्व १३ प्रतिशतले घट्नुका साथै उद्योगहरू करिब ३० देखि ३५ प्रतिशतको क्षमतामा चल्न बाध्य छन् ।’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी