×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ’ : अध्यक्ष ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्छ’ : अध्यक्ष ढकाल

Artha Sarokar

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोंगबीच मंगलबार औपचारिक भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य वन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्फ अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तराष्टिय विमानस्थलहरुमा सिधा उडान आवश्यक रहेको समेत बताएका थिए । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकहरुको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्नुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।

महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे । यसैगरि नेपालमा चिनियाँ बैंक आउने सक्ने सम्भावना तर्फ पनि अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराएका थिए । लामो समयदेखि वन्द रहेको तातोपानी नाकाको प्रभावकारी संचालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

त्यस्तै, भेटका क्रममा राजदूत सोंगले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताएका थिए । उत्पादनमूलक उद्योग, कृषि, उर्जा लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए । तर विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोंगको भनाइ थियो ।

चीनमा पनि शुरुमा विदेशी लगानीसंग नीति निर्माता ससंकित भएपनि पछि सुधार गर्दै गएको बताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोंगले प्रस्तुत गरेका थिए ।

यसैगरि तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भईरहेको जानकारी पनि राजदूत सोंगले दिए । भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी