काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली संचालक फोन पेले ‘फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा iPhone १३ जित्ने हो’ नामक योजना अन्तर्गत, एक भाग्यशाली बिजेताको घोषणा गरेको छ ।
गत जेठ महिना भारी लागू भएको यस योजनामा हजारौँको संख्यामा ग्राहकहरुको सहभागिता रहनुका साथै देशव्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त भएको ‘फोन पे’ले जनाएको छ ।
यस योजनामा आफ्नो सहभागिता जनाउन, ग्राहकहरुले तोकिएको अवधि भर, बिजुली को बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको थियो । काठमाडौंस्थित नेपाल विधुत प्राधिकरणको कार्यलयमा श्रावण ११ गते, यस योजनाका भाग्यशाली बिजेता अनुप सिकर्मी लाई iPhone 13 mini हस्तान्तरण गरेको थियो ।
विजेता सिकर्मीलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइफोन १३ मिनी हस्तान्तरण आइफोन १३गरेका थिए । घिसिङले विजेतालाई उपहार हस्तान्तरण गर्दै विधुतीय भुक्तानीलाई प्रवर्द्धन गर्न चालिएको कदमहरुको प्रसंशा गरेका थिए ।
‘फोन पे’का प्रमुख कार्यकारी अधिकृत दिवसकुमारले आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउदै लैजाने प्रतिवद्धता जनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्