×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० किलो प्रचार भएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै, गाल्दागाल्दै ७३ ग्राम घट्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१०० किलो प्रचार भएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै, गाल्दागाल्दै ७३ ग्राम घट्यो !

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १०० किलो भनेर प्रचार गरिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामा मंगलबार सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन् ।

उक्त सुन गाल्नुअघि ६० किलो ७८९ ग्राम मापन गरिएको थियो । तर, गाल्ने क्रममा सुनको तौल ७३ ग्रामले घटेको छ ।

साउन तीन गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट बाहिरिँदै गरेको अवस्थामा सुन सहित १ सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । जसमा १०० किलोभन्दा बढी सुन रहेको अनुमान विभागले गरेको थियो । तर, सोमबार बरामद गरिएको ‘ब्रेक शु’बाट सुन छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम सुन रहेको पाइएको थियो ।

तस्करीको सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, राजस्व अनुसन्धान विभाग, नेपाल र राष्ट्र बैंक र टक्सार महाशाखाका प्रतिनिधिको रहोबरमा गालिएको थियो । सुन प्रकरणको अनुसन्धान १९ दिनपछि राजस्व अनुसन्धान विभागले सीआईबीको जिम्मा लगाएको थियो ।

हाल उक्त प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानविन समिति गठनको माग गरेको छ भने सत्ता गठबन्धनले उच्च स्तरीय छानविन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । हाल उक्त प्रकरणमा सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: