काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ निष्काशन गरेको छ । नेपाली पूँजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०-२०’ निष्काशन गरेको हो ।
उक्त योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्ने जनाईएको छ क्यापिटलले उक्त सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पूँजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्ने भएको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
सो फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त फण्डको इकाईका लागि साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १५ गतेसम्म आवेदन म्याद थप गर्न सकिने क्यापिटलले जनाएको छ ।
‘हिमालयन ८०-२०’ नामक योजनाको कुल लगानी मध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरी लगानीकर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरी संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्