×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

PRIME CA
GLOBAL IME BANK

हिमालयन लघुवित्तद्वारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला राजपुर नगरपालिका वडा नं.६, राजपुर कुरीया टोलमा रहेको केन्द्र नं. ८५ कि सदस्य फुलकुमारी देवीको श्रीमान् प्रभु ठाकुरको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य श्रीमति फुल कुमारी देवीले संस्थाबाट एक लाख ५० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ८७ हजार ५ सय समेत फिर्ता गरी जम्मा रकम १ लाख १२ हजार ५ सय  निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताएका थिए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी सरोज चौधरी र सो केन्द्रका केन्द्र संचालक उमेश कुमार यादवको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: