काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर दलाल नं ६७ प्रोपर्टी विजार्ड लिमिटेड र आईएमई पेबीच ग्राहकरुलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झोता भएको छ ।
साउन २२ गते दुबै कम्पनीबीच भएको सम्झौता पत्रमा प्रोपर्टी विजार्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका प्रमुख कार्यकारी प्रविन रेग्मीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकरुलाई आईएमई पे वालेटले भुक्तानी आदान प्रदान गर्न वेवसाईट वा मोवाईल एप्लिकेशनको सुरक्षित भुक्तानी सेवा उपलब्ग गराउने छ ।
आईएमई पेले उपलब्ध गराउने सुविधाले सेयर दलाल र ग्राहकहरु दुबैलाई सहज हुने अपेक्षा गरिएको छ । प्रोपर्टी विजार्ड हालै धितोपत्र बोर्डबाट स्वीकृति पाई नेप्सेबाट सदस्यता लिएकोे नयाँ दलाल कम्पनीहरु मध्येको एक हो ।