×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र विभिन्न रेस्टुरेन्टहरुबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई विशेष छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंक र विभिन्न रेस्टुरेन्टहरुबीच मर्चेन्ट सम्झौता, ग्राहकहरुलाई विशेष छुट

Artha Sarokar

१८ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच श्रावण १७ गते मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले पोखरा-०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाईएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी