काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकाली ग्रुप प्रा.लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बैंकले साउन ३२ गते बिहीबार उक्त थकालीसँग सम्झौता सम्पन्न गरेको हो ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।