काठमाडौं। कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले भाद्र ९ गते शाखा कार्यालय भोटाहिटी मार्फत अमः भिसा पुचः को सहकार्यमा कमलादी गणेशथान कुमारी पुजामा सहभागी हुन आएका स-साना बालबालिकाहरुबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
बालबालिकाहरुको सुनिश्चित र उज्ज्वल भविष्यको निर्माणको लागि सानै देखि बचतको महत्व र बचत गर्ने बानि बसाल्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारीहरुले नानी बाबुहरुलाई दक्षिणा, खाता खोल्ने फर्म, वित्तीय परिचालन सम्बन्धि जानकारी झोला लगाएत सामग्री वितरण गरेका थिए ।
त्यस्तै, वित्तीय साक्षरता आभिवृद्धि गरी वित्तीय प्रणालीलाई सघाउ पुर्याउने उद्देश्यले कामना सेवा विकास बैंकले समाजका हरेक वर्ग र क्षेत्रमा वित्तीय साक्षरता सञ्चालन गर्दै आएको छ । यो कार्यक्रमले पनि आर्थिक सुरक्षा, वित्तीय व्यवस्थापन, बचत र खर्चको सन्तुलन, डिजिटल ज्ञान आदि बारेमा बालबालिकाले जानकारी लिन सक्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्