काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्धलाई मजवुत बनाउँदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न उपहारको नयाँ परम्पराको शुरुवात स्वरुप ‘तिम्रै लागि’ मुद्धती र बचत खाता सार्वजनिक गरेको हो ।
पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्पराको शुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका थिए ।
त्यस्तै, सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुवा हजुरआमा, बुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिबहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्बन्ध भित्र जो कसैलाई पनि उपहार स्वरुप उक्त मुद्धती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ । न्युनतम रु.१० हजारमा नै खोल्न सकिने मुद्धती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ ।
उक्त खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । साथै सो मुद्धती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्याईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको जनाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्