×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एसी हस्तान्तरण

Artha Sarokar

११ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासी स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई Air Conditioner (एसी)  हस्तान्तरण गरेको छ । उक्त Air Conditioner सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका संचालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्य प्रसाद पौडेललाई उक्त Air Conditioner हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी