काठमाडौं । खल्तीले ई स्पोर्ट्स गेमिंग प्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इ-स्पोर्ट्स गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेन्टको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ । सो रजिष्ट्रेसन सुविधा यहि श्रावण २४ देखि श्रावण ३० गते सम्मको लागि उपलब्ध हुने खल्तीले जनाएको छ ।
श्रावण ३० देखि सुरु हुने उक्त टुर्नामेन्टमा डोटा २, पब्जी, स्ट्रिट फाईटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन् । ई स्पोर्ट्स गेमिंगमा रुचि भएका र खेल्न इच्छुक जो सुकैले पनि खल्ती मार्फत रजिस्ट्रेसन गरी नि:शुल्क सहभागिता जनाउन सक्नेछन् । प्रतियोगीहरुले गेमको नियमहरुमा सिमित रहेर प्रतिस्पर्धा गर्नुपर्ने जनाईएको छ ।
साथै, सहभागी मध्ये डोटा २ र पब्जी तर्फ १-१ टिम साथै स्ट्रिट फाईटर र ई फुटबल तर्फ १-१ प्रतिस्प्रधि नेसनल क्वालीफायरका बिजेता बन्नेछन् । क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्ट्रिय इ-स्पोर्ट्स गेमिंग टुर्नामेंटमा सहभागी हुने अवसर प्राप्त गर्ने जनाईएको छ ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामीले ‘खल्ती’ लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डि र लाइफ स्टाइल ब्राण्डको रूपमा प्रस्तुत गर्दै आईरहेका छौं । हामीले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउदैँ आएका छौँ, त्यसै अनुरुप हामीले यस इ-स्पोर्ट्स गेमिंगको दर्ता सेवा उपलब्ध गराएका हौँ । यस सुविधाले खल्ती प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने कुरामा हामी विश्वस्थ छौँ ।’
खल्तीमा देशभरीका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीको परिवारमा रुपान्तरण भएको छ । सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्