Skip to content
LAXMI SUNRISE BANK

अरिजित सिंहको लाइभ शोको टिकटिङ पार्टनरमा ‘खल्ती’

अर्थ सरोकार

काठमाडौं । ‘खल्ती’ ले अरिजित सिंहको लाईभ म्युजिकल शोमा टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस सम्झौता पश्चात अरिजित सिंहको लाईभ शो को टिकट सजिलै ‘खल्ती’ मार्फत किन्न सकिनेछ।

गराज इन्टरटेनमेन्ट र एमएन प्रडक्सनले आयोजना गरेको लाइभ सो नोभेम्बर २५ मा काठमाडौंको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजेबाट सुरु हुनेछ । अरिजित सिंह बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२०-२०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारको रूपमा परिचित छन् ।

सिंहको लाईभ म्युजिकल शो को टिकट सजिलै सुबिधा जनक तवरबाट सङ्गीत प्रेमी प्रयोगकर्ताहरूले प्राप्त गरुन भन्ने उद्देश्यका साथ ‘खल्ती’ ले यो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त सुविधा उपलब्ध भएसँगै, खल्ती प्रयोगकर्ताहरूले निर्धक्क भई टिकट खरिद गरी आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन् ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, ‘हामी यस कार्यक्रममा टिकटिङ पार्टनरको रूपमा प्रस्तुत हुन पाउँदा अत्यन्त उत्साहित छौं । ट्रेन्डी तथा लाईफ इस्टाईल ब्राण्डको रूपमा परिचय बनाउन सफल रहेका हामी प्रयोगकर्ताहरूको दैनिक कारोबारदेखि लिएर विभिन्न अविस्मरणीय अनुभवहरूको पाटोको रूपमा स्थापित हुने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं। यसै उदेश्यलाई यथावत् राख्दै हामीले प्रयोगकर्ताहरूलाई सहज तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्ल्याटफर्म मार्फत उपलब्ध गराएका छौँ ।’

सम्पुर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK