×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै धरानका मेयर, दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

PRIME CA

खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै धरानका मेयर, दियालोसँगको सहकार्यमा अटोमेशनमा जाँदै धरान खानेपानी बोर्ड

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । धरान उपमहानगरपालिाका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलाई प्रविधि मैत्री बनाउन सुरू गरेका छन् । यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहेका साम्पाङ्ग खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन सुरू गरेका हुन् ।

यसै क्रममा धरान खानेपानी व्यवस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीज प्रा.लिबीच बोर्डलाई अटोमेशनमा लैजान सम्झौता भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा व्यवस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरि पूर्ण अटोमेशनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्धघाटन गरिसकेको जनाएका छन् । मेयर साम्पाङ्गले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए ।

यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अवदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताए । हालसम्म करिव ८ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको धरान खानेपानी बोर्डमा विस्तार गर्न सम्झौता गरिएको जनाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: