काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राख्दै EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ ।
इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्ने बैंकले जनाएको छ । यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका MSMEs लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIF सफलतापूर्वक पूरा गरिसकेको छ ।
हाल कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्