×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता, ग्राहकहरुलाई म्याट्रेस खरिदमा १५ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र क्लासिक उद्योगबीच सम्झौता, ग्राहकहरुलाई म्याट्रेस खरिदमा १५ प्रतिशत छुट

Artha Sarokar

२५ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र क्लासिक उद्योगबीच कुमारी बैंकको ग्राहकहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पश्चात कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्लासिक उद्योग मार्फत उत्पादन गरिएको Mattresses खरिद गर्दा १५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस्तो सहकार्य गरेको  जनाएको हो ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने बताएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ ईकाईहरु मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी