×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

Artha Sarokar

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा Account Opening, KYC Update, New Debit Card, Mobile Banking, Internet Banking, New Locker and Merchant (QR) Request & Dispute Claim जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिक वेवसाइट http://www.mahalaxmibank.comeservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ ।

त्यस्तै, बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी