×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा स्टक मार्केट्सको धितोपत्र दलाल सेवा शुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा स्टक मार्केट्सको धितोपत्र दलाल सेवा शुरु

Artha Sarokar

१० भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा स्टक मार्केट्सले धितोपत्र दलाल सदस्य नं ७५ बाट धितोपत्र दलाल सेवा शुरु गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेको मेगा स्टकले भदौ ८ गते शुक्रबार देखि सेवा शुरु गरेको हो ।

होटल एलोफ्टमा एक कार्यक्रम आयोजना गर्दै उक्त स्टक मार्केट्सको उद्धघाटन गरिएको थियो । अव भदौ १० गते आइतबारका दिनबाट लगानीकर्ताले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहकले यो लिंक https://tms75.nepsetms.com.np/login मा लगइन गर्नुपर्ने हुन्छ ।

कार्यक्रमको अवसरमा कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रीत रहने कम्पनीले जानकारी गराएको छ ।

उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रीत हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी