काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड तथा ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा मंगलबार हस्ताक्षर भएको छ । मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी र गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले गुरु ट्राभल्सका सेवाग्राहीहरुका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापन सेवा लगायतका आफ्ना सेवाहरुमा विषेश छुट प्रदान गर्ने तथा गुरु ट्राभल्स लिमिटेडले क्यापिटलका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुलाई ट्राभल्स सेवा अन्तर्गत युरोप, एशिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने सहमति भएको जनाइएको छ ।
व्यवसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको जनाइएको छ । समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए ।
त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखेका छन् । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्