×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका नक्कली सर्टिफिकेटधारीमाथि सीआईबीको नजर, दुई सीईओको सर्टिफिकेट शंकास्पद, छानविन सुरु !

PRIME CA
GLOBAL IME BANK

बैंकका नक्कली सर्टिफिकेटधारीमाथि सीआईबीको नजर, दुई सीईओको सर्टिफिकेट शंकास्पद, छानविन सुरु !

५ भाद्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली सर्टिफिकेटकै भरमा जागिर खानेहरु धमाधम पक्राउ पर्न थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकका कर्मचारीको शैक्षिक प्रमाणपत्र छानविन गर्न सुरु गरेको छ ।

जाली सर्टिफिकेटका आधारमा जागिर खाएका सिटिजन्स बैंकका ७ कर्मचारी पक्राउ परेपछि सीआईबीले नक्कली सर्टिफिकेट प्रकरणको अनुसन्धानलाई फराकिलो पारेको हो ।

यसो त सिटिजन्स बैंकमा जारी सर्टिफिकेटका आधारमा जागिर खाएका थप ४ कर्मचारी भने फरार छन् । सिटिजन्स बैंको उक्त प्रकरणपछि हाल सीआईबीमा नक्कली सर्टिफिकेट बुझाएर बैंकमा जागिर खाएको र बढुवा गराएको भन्ने उजुरी पर्ने क्रम बढ्दो छ । सोहीका आधारमा सीआईबीले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्दै विभिन्न बैंक कर्मचारीको शैक्षिक प्रमाणपत्र छानविन गर्न थालेको हो ।

नक्कली सर्टिफिकेट प्रकरणमा पछिल्लो समय व्यक्तिगत रुपमा बैंक वा कर्मचारीहरु नै उजुरी लिएर आउने गरेको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार विभिन्न बैंकका उच्च व्यवस्थापनका कर्मचारी, सञ्चालक र कनिष्ठ कर्मचारीविरुद्ध उजुरी परेका छन् ।

यसरी सीआईबीमा परेका उजुरीहरुमध्ये दुई बैंकका सीईओको सर्टिफिकेट नै शंकास्पद भेटिएको छ । उनीहरुले जागिर खान भारतबाट किनेर ल्याएको सर्टिफिकेट बुझाएको उजुरीमा उल्लेख गरिएको छ ।

बैंककै कर्मचारीले दिएको उक्त उजुरीका आधारमा उनीहरुमाथि थप छानविन गर्ने तयारी सीआईबीले गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: