Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाइफ इन्स्योरेन्सको बीमा सचेतना साईकल र्याली सम्पन्न

अर्थ सरोकार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाएका थिए ।

पोखराको बाराहीघाटबाट शुरु भएको र्यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्यालीको समापन गरिएको कम्पनीले जनाएको थियो ।

उक्त साईकल र्यालीबाट बीमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK