×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेलको बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

Artha Sarokar

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनसेलले हरेक वर्ष बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्युनिकरण गर्न योगदान पुर्याउँदै आएको छ । यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटा भन्दा बढी बाढीसँग सम्भावित जोखिम बारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गरेको जनाएको छ ।

यो वर्ष एसएमएस मार्फत पुर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ ।

एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्य अन्तर्गत, एनसेलले विषेशगरी वर्षायाममा जोखिम सम्बन्धी पुर्वसूचना एसएमएस मार्फत प्रवाह गर्दै आएको छ । यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ-आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी, विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएस मार्फत पाउँछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैं प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौं । एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक-निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ ।’

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्रि स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, संभवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यम मध्ये एक बनेको छ । यस महान कार्यमा सहकार्यका लागि महाशाखाले एनसेललाई धन्यवाद दिएको छ । महाशाखाका अनुसार, जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका जनसुदायबाहेक, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र जस्ता विपद् जोखिम न्युनिकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

एनसेल र विभागको निरन्तर सहकार्य अन्तर्गत गत वर्ष एनसेलले ७८ लाख भन्दा बढि यस किसिमका पुर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई प्रवाह गरेको थियो । सन् २०७३ मा सुरु भएको यस सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पुर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो । एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको छ । पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी