काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा ए एमएल/सिएफटी र गो एएमएल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङकबादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागु गराउन सूचक संस्थाहरुले गो एएमएल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम सो सम्बन्धमा नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नियामक निकायबाट उपस्थित भएका पदाधिकारीहरु तथा उपस्थित सम्पूर्ण सहभागिहरुलाई नेपाल मर्चेण्ट बैंकर्स संघ को तर्फबाट अध्यक्ष बिजय लाल श्रेष्ठले धन्यवाद दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्