×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ८.०१ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहीबार ८.०१ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

३२ श्रावण २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल २७१ कम्पनीको ४० लाख ९ हजार २ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड ७१ लाख ५ हजार ६ सय ४६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा लिबर्टी इनर्जी कम्पनी, अपर स्याङ्गे हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, आशा लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १३ करोड ७१ लाख ५ हजार ६ सय ४६ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, घोराही सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी र सुर्यज्योति लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा लक्ष्मी इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी इक्वटी फण्डको सेयरमा यस्तो गिरावट आउँदा मेंछियम हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जेनेरल, सुपर माइ हाइड्रोपावर र बलेफी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी