काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २७१ कम्पनीको ९७ लाख १८ हजार ७ सय ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्व १ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा अपर स्याङ्गे हाइड्रोपावर, माउनटेन इनर्जी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, गणपति लघुवित्त वित्तिय संस्था र अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा घोराही सिमेन्ट, सोल्टी होटल, माउनटेन इनर्जी नेपाल, आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा घोराही सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । घोराही सिमेन्टमा यस्तो गिरावट आउँदा अभियान लघुवित्त, सिंगटि हाइड्रो, मकर जितु माया सुरी हाइड्रोपावर र स्वेत-गंगा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्