काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २७९ कम्पनीको ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा अपर स्याङ्गे हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, इमर्जिङ्ग नेपाल र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, घोराही सिमेन्ट, माछापुच्छ्रे बैंक, सानिमा बैंक र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा यस्तो गिरावट आउँदा बुद्धभुमी नेपाल हाइड्रोपावर, हिमालयन उर्जा विकास, शुवम पावर र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्