काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २७८ कम्पनीको ५६ लाख ३ हजार १ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा ८.५% नेपाल बैंक डेबेञ्चर २०८७, सिक्लेस हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड, एनआइबिएल समृद्धि फण्ड-२ र सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, आइएमई लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक र हिमालयन लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन डिष्टिलरीमा यस्तो गिरावट आउँदा थ्री स्टार हाइड्रोपावर, मोलुङ हाइड्रोपावर कम्पनी , इन्फिनिटी लघुवित्त वित्तिय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्