काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा श्रावण ३२ गते बिहीबार सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८० आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने रु.९ करोड २० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा क्यापिटलका अध्यक्ष सन्तोष कुमार राठीज्यूले क्यापिटलले आर्थिक वर्ष २०७९/०८० मा रु.१० करोड ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु.५२.११ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफा तथा प्रतिसेयर आम्दानीको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको सभालाई जानकारी गराएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्