Skip to content
LAXMI SUNRISE BANK

एनआइएमबी एस क्यापिटल र ज्योति विकास बैंकको सम्झौता नवीकरण

अर्थ सरोकार

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासंगै ज्योति विकास बैंकको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लागत अद्यावधिक गर्ने लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटलले गर्नेछ ।

यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने, साथै एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्ने दुवै पक्षले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK