काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।
बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको हो ।बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्