काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र बाराही सेदी लिमिटेडबीच सम्झौता भएको छ । बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि आईपीको निष्कासन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सम्झौतापछि बाराही सेदी लिमिटेडको सेयर निष्कासन र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको हो ।
जारी पूँजी रु. १ अर्व १६ करोड रहेको उक्त होटलले जारी पूँजीको १० प्रतिशत अर्थात रु. ११ करोड ६० लाख बराबरको ११ लाख ६० हजार कित्ताको आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ । उक्त आईपीओ निष्कासन गर्ने सम्बन्धी कार्यको लागि होटलले एनएमबि क्यापिटल लिमिटेडलाई धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धित्तोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो ।
नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको छ । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन्।
विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही गु्रपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाडौंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आबास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेकोछ । त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्