काठमाडौं । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ ।
काठमाडौं उपत्यका भित्र कतै सामानहरु पुर्याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताएका थिए । ‘बिर्सिनु त स्वाभाविक हो ! पठाओ पार्सल छँदै छ नि !’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ ।
पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाले जानकारी दिए । पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी र नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।
यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिँदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए । चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा श्रावन २४ देखि पूर्ण रुपमा सुचारु भएको हो ।
पठाओ कार लाइट (ट्याक्सी) सेवाको चार वर्ष पूरा
पठाओ नेपालको कार लाइट (ट्याक्सी)को सेवा संचालनको ४ वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।
बार्गेनिङको झन्झट नहुने, चोक सम्म खोज्न जान नपरी गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्र्याकिङ्को व्यवस्था, १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको थापाले बताए ।
हाल काठमाडौं उपत्यकामा आठ हजार बढी ट्याक्सी पठाओमा आवद्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्