×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट

Artha Sarokar

१ भाद्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले टोटल फिजिकल फिटनेस सेन्टरमा सेवा लिँदा २८ प्रतिशतसम्म छुट पाउनका साथै नि:शुल्क साउना कुपन पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेको जानकारी सहित हितग्राही खाता नम्बर फिटनेस सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ । साथै यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेस सेन्टरले अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को-एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन् र  उक्त फिटनेस सेन्टरमा भर्ना भए पश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईने छ । खानपानमा समेत ध्यान दिदैं फिटनेस सेन्टरमा Dietician को पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी