×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुलाई गुहेश्वरी डेन्टलमा १५ प्रतिशत छुट

PRIME CA
GLOBAL IME BANK

प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुलाई गुहेश्वरी डेन्टलमा १५ प्रतिशत छुट

४ भाद्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु क्यापिटल र Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. बीच सम्झौता सम्पन्न भएको छ । क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टल सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेन्टलसँग भदौ १ गते सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेन्टलको तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।क्यापिटलका ग्राहकहरुले गुहेश्वरी डेन्टलमा सेवा लिदाँ १५ प्रतिशत छुट पाउने जनाईएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टललाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd., अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस गुहेश्वरी डेन्टलबाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: