×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी बैंकले मनायो २१औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय सहकारी बैंकले मनायो २१औं स्थापना तथा कारोबार शुभारम्भ दिवस

Artha Sarokar

२१ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित मुख्य कार्यक्रमको उद्धघाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सहकारी अभियान र सरकारबीचको निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए । सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए । नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैंकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिए ।

सो अवसरमा विषम परिस्थितिमा सहकारीको उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान-प्रदान भएको छ । सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुरका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेड झापाका प्रमुख कार्यकारी अधिकृत खेम प्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ-आफ्नो अनुभव आदान-प्रदान गरेका थिए ।

कार्यक्रममा गत पुसमा सम्पन्न १९औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कार तथा सम्मान वितरण गरेको छ । स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक नायब महाप्रबन्धक राजेश श्रेष्ठले गरेका थिए ।

भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैंकको उपत्यका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया गरी दिवस मनाइएको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी