काठमाडौं । आरविवि सेक्युरिटिजले धितोपत्र व्यवसाय गर्ने अनुमति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको हो ।
२० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भए पश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने भएको छ । हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पूँजी बजारको सेवा लिन सकिने विश्वास गरिएको छ ।
यसअघि बैंकले मर्चेन्ट बैंकिङ सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङको सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्