×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको थप तिन शाखाद्वारा वृक्षारोपण सम्पन्न

PRIME CA

समृद्धि फाइनान्सको थप तिन शाखाद्वारा वृक्षारोपण सम्पन्न

२८ श्रावण २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । समृद्धि फाइनान्सको थप तिन शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्रावण २७ गते शनिवार संस्थाको जनकपुर, बनेपा र नारायणगढ शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम संस्थाका १३ वटै शाखाहरुबाट सम्पन्न गरीसकेको संस्थाले जनाएको छ ।

साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमको रुपमा वृक्षारोपणको समापन गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पुर्ण १३ वटै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: