Skip to content
LAXMI SUNRISE BANK

समृद्धि फाइनान्स र होटल ठमेल पार्कबीच सम्झौता, होटलको सेवा तथा सुविधामा ग्राहकहरुलाई २० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेविट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन् ।

त्यस्तै, उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने फाइनान्सले जनाएको छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

हाल फाइनान्सले १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK