×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको तिन शाखाद्वारा वृक्षारोपण सम्पन्न

PRIME CA

समृद्धि फाइनान्सको तिन शाखाद्वारा वृक्षारोपण सम्पन्न

२६ श्रावण २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । समृद्धि फाइनान्सको तिन शाखाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सले श्रावण २६ गते शुक्रवारको दिन संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र  कसाह शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न  गर्ने तय भएको संस्थाले जनाएको छ ।
साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षारोपणको सुरुवात गरेको र आर्थिक वर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पुर्ण १३ वटै शाखाहरु बाट विभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: