काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ । यस कम्पनीको ८ करोड ७४ लाख ३ हजार ८ सय ८५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सुपर मादी हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा सिक्लेस हाइड्रोपावर, ८.५% बिओके डेबेञ्चर २०८६, एनएमबि-५०, नारायणी डेभलपमेन्ट बैंक र ८.५% नबिल इन्भेस्टमेन्ट बैंक डेबेञ्चर २०८४ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ । यस कम्पनीको ८ करोड ७४ लाख ३ हजार ८ सय ८५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा किसान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । किसान लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा हिमालयन लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स, जोशी हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्