काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६९ कम्पनीको ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा आरबिबि म्युचुअल फण्ड-१ का लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा स्टाण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इक्वटी फण्ड, सिंगटी हाइड्रो इनर्जी, सयपत्री हाइड्रोपावर र गोर्खाज फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सानिमा बैंक लिमिटेड प्रमोटर सेयर, प्रोग्रेशिभ फाइनान्स, अपर तामाकोशी, सोल्टी होटल र प्राइम कम्मर्सियल बैंक लिमिटेड प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा प्रभु स्मार्ट फण्डले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । प्रभु स्मार्ट फण्डमा यस्तो गिरावट आउँदा एनआइबिएल सम्वृद्धि फण्ड-२, सुपर मादी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था र मल्टिपर्पोज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्