×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ३३ करोडमाथिको कारोबार

PRIME CA

सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक, २ अर्व ३३ करोडमाथिको कारोबार

२२ श्रावण २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ बिन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा कुल २६७ कम्पनीको ६६ लाख ४७ हजार १ सय ४३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त वित्तिय संस्था, रिभर फल्स पावर, ज्योति विकास बैंक र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा नेपाल रिपब्लिक मिडिया, सोल्टी होटल, एभरेस्ट बैंक, शिवम् सिमेन्ट र महालक्ष्मी विकास बैंक लिमिटेड प्रमोटर सेयरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै सोमबारको सेयर बजारमा छ्याँग्दी हाइड्रोपावरले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । छ्याँग्दी हाइड्रोपावरमा यस्तो गिरावट आउँदा पिपुल्स पावर, विजया लघुवित्त वित्तिय संस्था, मोलुङ्ग हाइड्रोपावर र हिमालयन लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: