काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २६५ कम्पनीको ४८ लाख ६० हजार ७ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ८९ लाख ३२ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा स्वोरोजगार लघुबित्त विकास बैंकका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा नेपाल रिपब्लिक मिडिया, पिपुल्स पावर लिमिटेड, एनआइबिएल प्रगति फण्ड, सपोर्ट माइक्रो फा इनान्स वित्तिय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ८९ लाख ३२ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, एभरेस्ट बैंक लिमिटेड, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोल्टी होटल र हिमालयन डिष्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा १०.२५ % ग्लोबल आइएमई बैंक डेबेञ्चर २०८०/८१ ले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । १०.२५ % ग्लोबल आइएमई बैंक डेबेञ्चर २०८०/८१ मा यस्तो गिरावट आउँदा छ्याँग्दी हाइड्रोपावर, विजया लघुवित्त वित्तिय संस्था, सबैको लघुवित्त वित्तिय संस्था र एनआइबिएल ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्