×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ४१.०६ अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

बुधबार ४१.०६ अंकले बढ्यो नेप्से परिसूचक

२४ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल २६५ कम्पनीको ५० लाख १० हजार ७ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ५० लाख २६ हजार २ सय २ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलवा सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, एशियन हाइड्रोपावर र फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १५ करोड ५० लाख २६ हजार २ सय २ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सेन्चुरी डेबेञ्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । सेन्चुरी डेबेञ्चर २०८८ मा यस्तो गिरावट आउँदा लक्ष्मी लघुवित्त वित्तिय संस्था, नेपाल रिपब्लिक मिडिया, स्वोरोजगार लघु बित्त विकास बैंक र एनआइसी एशिया सेलेक्ट फण्ड ३०मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: