काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ९५ लाख ८२ हजार ६ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलवा सिंगटी हाइड्रो इनर्जी, स्वेत गंगा हाइड्रोपावर, नबिल इक्वटी फण्ड, सोल्टी होटल लिमिटेड र विशाल बजार कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ९५ लाख ८२ हजार ६ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा अपर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयन लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा सुपर मादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, एशियन हाइड्रोपावर र समता घरेलु लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्