काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २६९ कम्पनीको ४८ लाख ३८ हजार १ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४१ लाख ५० हजार १ सय ६० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सनराइज फोकस्ड इक्वटी फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा बलेफी हाइड्रोपावर, स्वोरोजगार लघुवित्त विकास बैंक, थ्री स्टार हाइड्रोपावर, कुमारी धनवृद्धि योजना र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४१ लाख ५० हजार १ सय ६० रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सोल्टी होटल, घोराही सिमेन्ट र नेपाल दूरसंचार कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा माउनटेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । माउनटेन हाइड्रो नेपाल लिमिटेडको सेयरमा यस्तो गिरावट आउँदा स्वेत-गंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, एनआइबिएल ग्रोथ फण्ड र मिर्मिरे लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्