काठमाडौं । सेयरप्रो सेक्यूरिटीज प्रा. लि.(सेयर दलाल नं.६५ ) को औपचारिक उद्धघाटन भएको छ । कम्पनीको भदौ ८ गते नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालद्वारा औपचारिक समुद्धघाटन सम्पन्न भएको हो ।
उद्धघाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिँदै उच्चतम प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै सेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरेका थिए । साथै, ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिएका थिए ।
त्यस्तै, कम्पनीको उद्धघाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम मिति २०८०।०५।०८ देखि २०८०।०५।१५ सम्म (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुने जनाईएको छ ।
कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।