काठमाडौं । सिप्रवी सेक्युरिटीजी प्रालिले वीरगञ्जमा पनि आफ्नो शाखा विस्तार गरेको छ । ब्रोकर नम्बर २२ को नामले परिचित सिप्रवी सेक्युरिटीजले वीरगञ्जको आदर्शनगरस्थित रूङ्ग्टा मलमा विस्तारित शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको शुक्रबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले उद्धघाटन गरेका थिए । ललितपुरस्थित पुलचोकमा मुख्य कार्यालय रहेको सिप्रवीले यसअघि पनि वीरगञ्जमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । सिप्रवीले गत वर्ष वीरगञ्जमा सेयर मार्केटका लगानीकर्ताहरूका निमित्त सचेतना कार्यक्रम पनि आयोजना गरेको त्यसका महाप्रबन्धक जयन्त श्रीवास्तवले जानकारी दिए ।
श्रीवास्तवका अनुसार सिप्रवीले अन्य सेयर ब्रोकरहरूको तुलनामा नयाँ खाता खोल्ने ग्राहकलाई इमेल मार्फत सेयर बजार सम्बन्धी निःशुल्क शैक्षिक सामग्री पठाउने गरेको छ । त्यस्तै, सिप्रवीका ग्राहकले सहज रूपमै चलनचल्तीका च्याटीङ् एपहरू जस्तै भाइबर, ह्वाट्सएप, गुगल र फेसबुक म्यासेन्जर मार्फत ब्रोकरलाई आफ्ना गुनासोहरू सुनाएर समाधान खोज्न सक्नेछन् ।
सिप्रवीले सेयर कारोबार सम्बन्धी सचेतना फैलाउन वीरगञ्जका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सहकार्य गरेको छ । आगामी भविष्यमा उनीहरूसँग मिलेर विभिन्न कार्यक्रमहरू गर्ने योजना समेत रहेको श्रीवास्तवले बताएका थिए ।